हेटौंडा| नक्कली शरणार्थी प्रकरणमा आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।
यसअघि यो प्रकरणमा पक्राउ परेकाहरूको तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।
सेयर गर्नुहोस्