हेटौडा । अपाङ्ग लक्षित् कार्यक्रम आन्तर्गत आज मकवानपुरगढी गाउपालिकाको ३ बटा वडामा पूर्ण अपाङ्ग भएका ब्यक्त्तिहरुलाई भेटघाट तथा कोसेली बित्तरण गरिएको छ । मकवानपुरगढी गाउपलिकाको उपाध्याक्ष् मानकुमारी पाख्रिन नेपालि सहितको समुहले आज मकवानपुरगढी गाउपलिका वडा नम्बर २,३,र ४ ,मा गरि जम्मा जम्मा १७ जना लाई भेटघाट तथा कोसेली बित्तरण गरिएको हो । वडा नम्बर २ मा ७ जना , वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ६ जना लाई भेटघाट तथा कोसेली बित्तरण गरिएको महिला बिकाश शाखा प्रमुख मन्दिरा थापाले बताउनु भयो ।
आज बाट सुरु गरिएको यो कार्यक्रम मकवानपूरगढी गाउपलिकाका सबै वडामा रहेका जम्मा ४६ जना सबै संग भेटघाट गरिने उपाध्याक्ष् नेपालीले बताउनु भयो . भेटघाट तथा कोसेली बित्तरण कार्यक्रममा उपाध्यक्ष नेपालि , वडा नम्मबर ३ का वडा अध्यक्ष् भगबत घिमीरे , महिला विकाश शाखा प्रमुख थापा , वडा नम्बर २ को सचिब सुमित्रा पाण्डे , वडा सदस्कय सुधरजित गोले ,कर्मचारी हरि देबकोटा, लगाएतका उपस्तिती रहेको थियो । कोसेलीको रुपमा घिउ आधा लिटर , अन्डा एक क्रेट चामल १० केजी , ब्लाङ्केट र झमक कुमारी घिमिरेको जिबन काडा कि फुल पुस्तक लगाएताका सामाग्रीहरु बित्तरण गरिएको थियो .।