हेटौंडा| प्रहरीले स्रोत नखुलेको ३३ लाख ५० हजार रुपैयाँ रकमसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
सेयर गर्नुहोस्