रासायनिक मलको अभाव नहुने प्रधानमन्त्रीको दावी

हेटौंडा टुडे
८ असार २०८०, शुक्रबार १६:३०

हेटौडा। प्रधानमन्त्री पुष्पकमल दाहालले यसवर्ष रासायनिक मलको अभाव नहुने दावी गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसदले जिज्ञासा समाधान गर्दै प्रधानमन्त्री दाहालले मलको अभाव नहुने दावी गरेका हुन् ।
उनले ७१ हजार मेट्रिकटन विभिन्न बिक्री डिपोमा मौज्दात रहेको र भारतको कोलकाताबाट ४५ हजार मेट्रिकटन डिएपी मल असारभित्र नेपाल ल्याइसक्ने गरी व्यवस्था गरिएकोले अभाव नहुने दावी गरे ।रासायनिक मलका लागि १५ अर्ब विनियोजन भए पनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्था प्रभावकारी बनाइने उनको भनाइ छ ।
मल वितरणमा प्रदेश र स्थानीय तहलाई परिचालन गरिएको बताउँदै वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*