हेटौंडा| राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८÷०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८÷०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यसैगरी, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।
सेयर गर्नुहोस्