मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने

हेटौंडा टुडे
१३ असार २०८०, बुधबार ०८:५७

हेटौडा ।  बिगतका बर्षहरुमा झै यो बर्ष पनि असार १५ मा मकवानपुरगढी गााउँपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने भएको छ । मकवानपुरगढी २ कुर्लेमा रहेको बंशगोपाल मा.वि.  (प्राविधिक शिक्षालय) को प्राङगढमा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने भएको छ । मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा बंशगोपाल मा.वि.(प्राविधिक शिक्षालय) को सहकार्यमा कार्यक्रम हुन लागेको कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो ।

“जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्वि“ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा सामूहिक रोपाइ, मौलिक असारे रोपाइ गीत प्रस्तुती,वीउ साटासाट हुने चौधरीले जानकारी दिनु भयो । उक्त अवसरमा निःशुल्क कोदोको वीउ वितरण, स्थानीय एवम् रैथानेबालीको प्रर्दशनी तथा बिक्री, बाँसको हस्तकला सामाग्रीहरूको प्रर्दशनी तथा बिक्री र कालीखोला ब्रान्डको कोदो पिठो सार्वजनिककरण गर्ने कार्यक्रम पनि रहेको पनि चौधरीले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*