हेटौडा । स्थानीय रैथाने बालि प्रवर्द्धन गरौ भन्ने मुल नारालाई सार्थकता दिदै आज बाट काली खोलाको कोदो पिठो ब्रान्डिङ भइ बजारमा उपलब्ध हुने भएको छ । मकवानपुरगढी गाउपलिकामा जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्वि भन्ने मूल नाराका साथ २० औ राष्ट्रिय धान दिवसको अवसर पारि उत्त कोदोको पिठोलाई आज बाट सहज रुपमा बजारमा ल्याईको हो । आज मकवानपुर मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले काली खोलाको कोदो पिठो बजारीकरणका लागि सार्जनिकीकरण गर्नु भएको हो ।
संघीय सशर्त रैथानेबाली प्रवद्वन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिका को सहयोगमा वडा न ४ स्थित अपाङ तथा विपन्न कृषि सहकारी संस्था मार्फत कोदो संकलन, भण्डारण, प्रसोधन लेबलिङ, प्याकेजिङ र बजारीकरणको कार्य गर्ने गरि काली खोला कोदो पिठो एक केजीको प्याकेजिङमा बजारीकरणका लागि सार्वजनिकीकरण गरिएको संगै एक के जि को मूल्य प्रति केजी १०० रूपैया तोकिएको कृषि बिकास साखा प्रमुख चन्द्र कान्त चौधरीले जानकारी दिनु भयो ।