हेटौडा । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले शनिवार आफ्नो पालिका भित्र संचालनमा रहेको बिकास योजनाहरुको अनुगमन गरेका छन् । वडा नम्बर ५ का अध्यक्ष दिपेश दाहाल , वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बजगाई र प्राबिधिक सहितको टोलीले मकवानपुरगढी गाउपलिका वडा नम्बर ५ र वडा नम्बर ६ जोडने चन्द्र सुर्य पेटीटोल भन्ज्याङ सडक खण्ड अन्तर्गत जनक मा. बि. जाने बाटोलाई बाह्रै महिना सन्चालन हुने गरी स्तरीकरण भैरहेको कार्यको अवलोकन एवम अनुगमन गरेका हुन् । अनुगमनको क्रममा अध्यक्ष स्याङतानले बर्षको समयमा स्थानीय बासिन्दाहरुले आवत जावत गर्नको लागि सास्ति खेप्न नपर्ने गरि सडक निर्माण कार्य अगाडि वढाउन निर्देशन दिएका छन् । उनले कामको गुणस्तरमा जनस्तरबाट गुनासो नआउने गरि प्राबिधिक स्टामेट अनुसार गराउन निर्देशन दिएका छन् । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयको ३० लाख सहयोगमा काम भइरहेको प्रवक्ता एवम वडा नम्बर ५ का वडा अध्यक्ष् दिपेश दाहालले जानकारी दिन भयो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्याङतानद्वारा योजनाहरुको स्थलगत अनुगमन
सेयर गर्नुहोस्