प्रतिनिधिसभाको बैठक भोलि दिउँसो २ बजेसम्मका स्थगित

हेटौंडा टुडे
२० असार २०८०, बुधबार १९:२६

हेटौडा । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालयका एक अधिकारीका अनुसार बैठक स्थगितको सूचना जारी गर्ने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*