मकवानपुरगढीका दलित बिद्यार्थिलाई विद्यालय पोसाक वितरण

हेटौंडा टुडे
२२ असार २०८०, शुक्रबार २१:३१

हेटौडा । मकवानपुरगढी गाउँपालिका भित्र  रहेका करिब २  सय  जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन् । बुधबारबाट बिभिन्न कार्यक्रमा गर्दै गाउँपालिका उपाध्याक्ष मान कुमारी पाख्रिन नेपालीले दलित छात्र छात्राहरुको लागि स्कुल पोशाक प्रदान गर्नु भएको हो  । पालिका भित्र रहेका सामुदायिक बिद्यालयमा अध्यान गर्ने बाल कक्षा देखि कक्षा १२ सम्म अध्ययन गर्न छात्रा छात्रहरुलाई स्कुल पोशाक वितरण गरिएको हो । पोसाक मकवानपुरगढी गाउँपलिकाका उपाध्यक्ष नेपालीले पालिकाका सबै बिद्यालयमा  आफै पुगेर गर्नु भएको हो । आर्थिक अबस्था कमजोर भइ स्कुल जान नपाएका दलित परिवारका बाल–बालिकालाई पोसाक वितरण गरिएको उपाध्यक्ष् (नेपालि)ले जानकारी दिनुभयो ।

 

विद्यालयको पोसाकको कारण कतिपय दलित परिवारका सदस्यहरुले पढाई बिचमानै छाडने गरेको र यो अभियानले लक्षित् परिवारमा हैसला प्रदान हुने बताउनु भयो । धेरै जस्तो परिवार ज्याला मजदुरी र कृषि कर्म गर्ने अविभावकका  छोरा – छोरी पढ्दै आएका छन् र आर्थिक आबस्था कमजोर रहेका दलित परिवारका बाल–बालिका पढ्नबाट बञ्चित हुन नपरोस भन्ने  उदेश्यनले आफुले बार्षिक  कार्यक्रम २०७९\ ०८० अन्तर्गत करिब २ सय दलित छात्र छात्राहरुको लागि पोसाक वितरण गरिएको उल्लेख गर्नु भयो ।

 

पोसाक मकवानपुरगढी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु श्री भानु मा. वि, चण्डिका मा. वि, लेनाडाडा प्रा. वि. , रुपनारयाणा मा. वि. ,जलपा देवी मा. वि. , शारदा मा. वि. , हेम कर्ण आधारभुत विद्यालय , मनकामना मा. वि. , जनता मा. वि. ,सरस्वती आधारभूत बिद्यालय ,बंश गोपाल मा. विमा अध्ययन गर्न दलित विद्याथीहरुलाई पोशाक प्रदान गरिएको छ ।  

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*