हेटौडा । मकवानपुरगढी गाउँपलिका भित्र रहेका दलित परिवारका दुई छात्र छात्रा लाई दुई थान ल्यापटप बितरण गरिएको छ । लक्षित वर्ग कार्यक्रम अन्तर्गत दलित लक्षित कार्यक्रमबाट मकवानपुरगढी गाउँपलिका वडा नम्बर २ चण्डिका मा. वि कक्षा १२ मा अध्ययनरत वडा नम्बर २ निवासी छात्रा पबित्र बिशाकर्मा र मकवानपुर बहुमुखी क्याम्पस स्नातक तह दोस्रो वर्ष अध्ययनरत वडा नम्बर ४ निवासी सन्देस परियारलाई एक – एक थान ल्यापटप वितरण गरिएको गाउँपलिका उपाध्यक्ष मान कुमारी पाख्रिन (नेपाली)ले बताउनु भयो ।
सेयर गर्नुहोस्