भारतले पठायो पेट्रोलको मूल्य घटायर

हेटौंडा टुडे
३१ असार २०८०, आईतवार १२:५२

हेटौंडा| नेपाल आयल निगमले भारतबाट पेट्रोलको मूल्य घटेर तथा डिजेलको बढेर आएको जनाएको छ। निगमका अनुसार शनिबार साँझ आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमा ३४ पैसाले घटेको छ भने डिजेलको मूल्य  २ रुपैयाँ बढेर आएको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

आईओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्य निर्धारण गर्नेबारे निर्णय गर्ने निगमको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*