राक्सिराङमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा रोपियो

हेटौंडा टुडे
४ श्रावण २०८०, बिहीबार १७:०९

हेटौंडा| मकवानपुरको राक्सिराङमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा वृक्षारोपण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा वृक्षारोपण गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४ हजार कफीको विरुवा वृक्षारोपण गर्नुका साथै १५ हजार  बिरुवाहरु राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको थियो ।

मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कफिको बिरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनका प्रमुख धन बहादुर श्रेष्ठले ५ लाख बिरुवाहरु हस्तान्तरण गर्ने योजना रहेको जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*