हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यको लागि एकैपटक ६० वटासम्म डोजर प्रयोग गरिने

हेटौंडा टुडे
११ श्रावण २०८०, बिहीबार ११:०६

हेटौंडा|पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यको लागि ६० वटासम्म डोजर प्रयोग गरिने भएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले आवश्यकताको आधारमा विस्तार कार्यको लागि न्यूनतम ६ वटा देखि अधिकतम ६० वटासम्म डोजर एकैपटक प्रयोग गर्ने जनाएको छ ।

सडक विस्तारमा अल्पकालीन अन्तरिम आदेश प्राप्त भएका घरहरुको हकमा सो घरको फैसला नआउन्जेल कुर्ने र बाँकी घरहरुको हकमा भने विस्तार कार्य अघि बढाउने सडक डिभिजन हेटौंडाका प्रमुख राजेश यादवले बताए ।

उनले हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेकाले सोहीअनुसार सडक विस्तार कार्य अघि बढ्ने स्पष्ट पारे । सर्वोच्चको हालको अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै भ्रममा नपरी सडक सिमाभित्रका घरटहरा तथा अन्य संरचना हटाउन उनले आग्रह गरे ।

‘साउन १६ बाट सडक विस्तार कार्यको सुरुवात हुन्छ । तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गर्छौँ र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाउँछौँ ।’ उनले भने ।

उनले सडक सीमा २५ मिटर कायम भएकाले उक्त सीमासम्म कायम गर्न आवश्यक ७ फिट जग्गा अधिग्रहणको प्रक्रिया पुरा गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*