निर्माण संघले दियो दलहरुलाई ज्ञापनपत्र

हेटौंडा टुडे
१२ श्रावण २०८०, शुक्रबार १८:४२

हेटौँडा। निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुर जिल्लामा क्रियाशील राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको छ ।संघले निर्माण व्यवसायीहरुका नौ बुँदे मागसहित राजनीतिक दलहरुको कार्यालय पुगेर शुक्रबार ज्ञापनपत्र बुझाएको हो । संघका कार्यबाहक अध्यक्ष सागर कटुवालले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी र राप्रपा नेपालको पार्टी कार्यालय पुगेर निर्माण व्यवसायीका सबै निर्माण कार्यहरुको भुक्तानीको मागसहित ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक दलका नेताहरुले ज्ञापनपत्र बुझ्दै निर्माण व्यवसायीका समस्या समाधानमा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएका छन् ।ज्ञापनपत्र बुझाउन निर्माण व्यवसायी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सागर कटुवालको नेतृत्वमा गएको टोलीमा सङ्घका द्धितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहासचिव दिनेश पनेरु, कोषाध्यक्ष अनल श्रेष्ठलगायतका निर्माण व्यवसायी जानुभएको थियो ।
निर्माण व्यवसायी संघ मकवानपुरले उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था रोक्नुपर्ने, रोकिएको भुक्तानी तत्काल पाउनु पर्नेलगायतका माग राख्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*