तत्कालको लागि हेटौंडा नभत्किने

हेटौंडा टुडे
१५ श्रावण २०८०, सोमबार २१:५१
Featured Video Play Icon

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले भोली साउन १६ गते बाट सडक विस्तार नहुने जनाएको छ । कार्यालयले सूचना जारी गरेको समय सीमा आजबाट सकिने भएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने डिभिजन सडक कार्यालयका प्रमुख राजेशकुमार यादव जानकारी दिनु भयो । यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको यादवले बताए ।

सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको उनले बताए ।‘हामीले सम्पूर्ण तयारी गरेका थियौं । तर, सर्वोच्च अदालतले नै छलफल बोलाएपछि काम प्रभावित भएको हो । हेरौं कस्तो आदेश अदालतबाट आउँछ ।’, उनले अदालतको आदेश अनुसार निर्णय गरेर अगाडि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*