हेटौँडा । हेटौडा नगरपालिकाभित्र अबस्थित रहेको सवैभन्दा टाढाको वडा हो हेटौडा – १८ नम्बर वडा । जहाँबाट हेटौडा बजार जान र आउन मात्र करिब ४० किलो लाग्ने गर्दछ जसले गर्दा दैनिक रुपमा हेटौडा पुगेर अध्ययन गर्न विद्यार्थीले चर्को बसभाडा तिर्नु बाध्यताका कारण आर्थिक अभाबले गर्दा बिद्यार्थिहरुले आफ्नो पठन पाठनलाई बिचमानै छाडेर बस्न पर्ने बाध्यता धेरै बिद्यार्थिहरुमा देखिन्छ ।
आर्थिक अभाबले गर्दा पठन पाठन बिचमानै छाड्न पर्ने बाध्यताको अन्य गर्नको लागि हेटौडा १८ का वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने बताएका छन ।
वडा नंबर १८ ले विश्वविद्यालय तहको शिक्षा आर्जन गर्ने क्रममा हेटौँडा बजार क्षेत्रसम्म सबारीसाधान प्रयोग गरि पुग्नुपर्ने विद्यार्थीको यातायात खर्च भुक्तानी गरिदिने कार्यक्रम ल्याएको बताएका हुन । वडाका विद्यार्थीलाई यातायात खर्चकै कारण नियमित पठनपाठनमा समस्या हुने अवस्था नआवस भन्ने उदेश्यले कार्यक्रम ल्याईएको वडा कार्यालयले जनाएको छ ।
१८ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रमा रहेका क्याम्पसमा विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने विद्यार्थीलाई यातायात खर्च भुक्तानीको लागि आवश्यक कागजातको सहित वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । यातायात खर्च अभावकै कारण विद्यार्थीहरुले शिक्षा हाँसिल गर्नबाट बञ्चित हुनहुँदैन भन्ने उदेश्यले यो कार्यक्रम लागु गरिएको वडाध्यक्ष अनिल बानीयाँले बताए ।
।