हेटौँडा सडक विस्तार : भदै ५ गते सम्म डोजर नचल्ने

हेटौंडा टुडे
२९ श्रावण २०८०, सोमबार २३:०७

हेटौँडा  । लामो समयबाट विवादको रुपमा रहेको हेटौँडा सडक विस्तार आठ दिन पर धकेलिएको छ । सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि पेशी पुनः सरेको थियो । सर्वोच्च अदालतले आज साउन २९ गते सोमबारका लागि तोकेको पेशी हेर्न नभ्याइनेमा परेपछि सर्वोच्चले आगामी भदौ ५ गतेका लागि फेरी अर्को पेशी तोकेर सरेको छ ।

गत साउन १६ गतेदेखि सर्वोच्चले पेशी लगातार सार्दै आएको छ । १६ गतेका लागि तोकिएको पेशी २१ गतेका लागि सरेको थियो भने २१ गते पनि सो रिटहरु हेर्न नभ्याइनेमा परे पछी साउन २९ गतेसम्मको लागि पेशी पुनः सरेको थियो ।

सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार आसपासको जमिनमा रहेका घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सकिएको छ । डिभिजनले श्रावण १६ बाट बिस्तार अभियान सुरु गर्ने भन्दै ६० वटा डोजर सहितका सामग्री तयारी अवस्थामा रहेको जनाएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*