हेटौंडा बसर्पाकबाट लागूऔषधसहित एक जना पक्राउ

हेटौंडा टुडे
१ भाद्र २०८०, शुक्रबार ०९:३५

हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसर्पाकबाट प्रहरीले लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने २७ वर्षीय न्यामदिन अन्सारी रहेका छन् ।उनलाई विशेष सुचनाको आधारमा लागूऔषध कोरेक्स २५० एमएलसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार दिउँसो शंकास्पद अवस्थामा पैदल हिडिरहेका अन्सारीलाई प्रहरीले चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै प्रहरीले कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image