हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरका किसानहरू २० वर्ष पछि फेरी पशुपालन ब्यबसाय तर्फ आकर्षित भएका छन्। आज भन्दा करिब ३५ वर्ष अघि २०४५ साल बाट साबिक बुढीचौर गाउँ विकास समिती हुदाँ देखि सुरु गरेको पशुपालना ब्यबसाय बिगत २० वर्ष देखि यस ठाउँका किसानहरुले बिभिन्न कारणले गर्दा पशुपालना ब्यबसायलाई निरन्तर रुपमा अगाडी बढाउन सकिरहेका थिएनन् । मकवानपुरको सदरमुकाम हेटौंडा बजारबाट नजिकै रहेता पनि यहा यातायातको असुविधा र हेटौंडा बजार जान र आउनको लागि सडकको सुबिधा नभएको र ढुवानी गर्नको लागि मोटरबाटो नभएकाले यहाँका किसानहरुले बिगत १९ वर्ष देखि पशुपलना ब्यबसयालाई निरन्तरर्ता दिन सकिरहेका थिएनन । छिटपुट रुपमा केहि घरहरुले मात्र आफुलाई खानको लागि मात्र पशुपालना गरिएको स्थानीय बासिन्दा गोकुल देबकोटाले बताउनु भयो ।
मकवानपुरगढी गाउपलिका भित्र रहेको ८ वटा वडाहरू मध्ये यो वडा दुरीको हिसाबले गाउँपालिकाबाट नजिक नै रहेपनि पनि भौगोलिक रुपमा यो वडामा जान र आउनका लागि खोला, पहिरो, बाढीले गर्दा समस्या रहेको र बर्षैनि बाटोमा बाढी पहिरो लाग्ने र यातायातको असुविधाले गर्दा यो वडालाई अलि विकट वडाको रुपममा लिने गरिथ्यो तर आज समय बदलिएको छ । संघियता आए संगै यस ठाउँँका मानिसहरुको जिबनशैलीमा पनि परिवर्तन आएको छ ।
बिगतमा बुढीचौरबासीहरू पशुपलन ब्यबसाय तर्फ किन हराए त
२०४५ सालमा रुपनारायण दुग्ध उत्पादक सहकारी सस्थां मार्फत ५५ जना सेयर सदस्यबाट दुग्ध उत्पादन कार्य सुरु गरेका थिए । दैनिक रुपमा २७ क्यान संकलन गरिएको यस ठाउँबाट दुध ढुवानि गर्नको लागि चुनौतिको अबस्था थियो । साविक बुढिचौर गाबिस बाट करिब पाँच घण्टा दुध बोकेर भीमफेदी पुराउनु पर्ने बाध्यता थियो । यातायातको असुविधा जोखिम पैदल यात्रा मार्फत हिलो चिप्लो बाटो र उकालो ओरालो गदै दैनिक पाँच घण्टा त्यो पनि चालिस लिटरको क्यान बोकेर हिड्नु आफैमा चुनैतीपूर्ण अवस्था थियो । दुवानी गर्ने श्रमिकहरुको ज्यालामा बृद्धि, बुढीचौरबाट दुध दुवानी गर्ने जनशक्तिमा कमि आउनु र दुधको मुल्यमा बृद्धि नहुनुले दुवानी खर्च धेरै हुनु र किसानले आफ्नो दुधको मूल्य कम पाएकाले किसानहरु पशुपालन ब्यबसाय तर्फ आकार्षण घटेको स्थानिय बताउछन । बरु पसुपलन ब्यबसाय भन्दा युवा जनशक्ति बैदेशिक रोजगारीको लागि बिदेशिनु र अन्य रोजगारीको लागि हेटौडा बजार सहित गाउँबाट धेरै युवाहरु पलाएन भए संगै यो ब्यबसाय गर्ने किसानहरू हराएका हुन ।
किन फर्किए २० वर्ष पछी बुढीचौरबासी पशुपालन ब्यबसाय तर्फ ?
समय बदलिएको छ ,संघियता आए संगै भएको परिवर्तनले यस ठाउँ पनि बिकाशले फड्को मारेको प्रत्यक्ष महसुस गर्न सकिन्छ । संघियता अघि मकवानपुरको सदरमुकाम हेटौडा बजार नजिकै रहेको यस ठाउँ मकवानपुरको दुर्गम गाबिसको रुपमा परिचित थियो तर संघियता आएपछि भने यस ठाउँका मानिसहरुले गाउँ गाउँमा सिहंदरवार भन्ने नारालाई प्रत्यक्ष् महसुस गर्न पाएको छन् । बिगतमा हेटौडा बजार आउन र जान मात्र हिडेर एक दिन लाग्ने यस ठाउँमा आज हेटौडा बजारबाट करिब ५० मिनेटमा मोटर साइकलमा र करिब एक सभा एक घन्टामा बसमा यात्रा मार्फत सहजै रुपमा बुढिचौर पुग्न सकिन्छ । स्थानीय सरकार मार्फत कृषि र पशुपलनमा सरकारले दिएको बिभिन अनुदान र राहत किसानले प्राप्त गर्ने र वडा मार्फत पशुपालन क्षेत्रमा गाउँ सरकाले लगानी गरेको र बुढीचौरबासि पशुपालना तर्फ आकर्षित भएको हुन । तेती मात्र होईन वडामा पशु प्रविधिका हेटौडा बजार सम्म आउन जान बसको सुविधा , गाउँपालिका सम्म आउन जान सडकको सुविधा , खानेपानी , विद्युतको सुबिधा नै आज बुढिचौर बासीहरुको लागि ब्यबसाय गर्ने साहस बनेको हो । गाउँपालिकाले गोठ सुधार , भकारो सुधार , कृषि अनुदान , पशु प्राविधक , दुधमा अनुदान जस्ता कुराले आज बुढिचौर बासिन्दालाई पशुपलान ब्यबसाय तर्फ आकर्षित गरको छ ।
फेरी कहिलेबाट सुरु भयो त बुढिचौरमा पशुपालन तथा दुग्ध ब्यबसाय ।
२० वर्ष पछि अर्थात् २०५९ सालबाट रोकिएको दुध संकल तथा पशुपालन ब्यबसाय २०७९ पुस १ गतेबाट बुढीचौरमा सुरु भएको थियो । नेपाल डेरी एसोसियसन कमिटि अन्तर्गत कविता डेरी तथा जुस उद्योग हेटांैडासंग सम्झौता पछी बुढीचौरबासीले पशुपालन ब्यबसाय सुरु गरेको स्थानिय बताउछन । दैनिक रुपमा बुढीचौरमा दुग्ध संकलन गरि कविता डेरी तथा जुस उद्योगले आफै ढुवानिको लागि लिन जाने गरेको छ यसले स्थानियबासीहरुमा पसुपलन ब्यबसाय गर्नको निम्ति प्रेरणा मिलेको एक किसान बताउछन । अहिले ६८ परिवारले मात्र पसुपलन ब्यबसाय गरिरहेको र यो क्रम बिस्तार बढने वडा अध्यक्ष् कुमार घिसिंङले बताउनु भयो । २० वर्ष पछि किसानहरु पशुपलन ब्यबसाय तर्फ आकर्षीत हुदै पुस १ गते यता मात्र आफ्नो वडामा ५८ वटा गाई र १७ वडा भैसी गााउँ भित्रिएको र पुस १ गते देखि असार ३१ गते सम्म साढे चवालिस लाखको दुध बिक्रि गरेको वडा अध्यक्ष कुमार घिसिङ बताउछन ।
के भन्छन त गाउँपालिका अध्यक्ष “दोर्जे लामा स्याङ्तान” ।
करिब २० वर्ष पछि आफ्नो पालिकाको ८ नम्बर वडाका किसानहरु यसरी पशुपालन र कृषि पेशा तर्फ आकर्षित भएकोमा आफु एकदम नै खुसि भएको गाउँपालिका अध्यक्ष बताउछन । आफु पनि किसानको छोरा भएको र अहिले पनि आफु बिहान बेलुका कृषि कर्म नै गर्ने भएकाले बुढीचौरबासिहरु यो काममा आकर्षण भएको प्रति किसानको सम्बृद्धी नै पालिकाको समृद्धि भएको बताउछन ।
बिगतमा जे जस्तो भए पनि अब यहाका बासिन्दाहरुले १२ महिना नै हिडडुल गर्न सक्ने ईचुङ भैसे हुदै हेटौडा र सुकौरा डुब्रेकुना र सिखरकटेरीको बाटो १२ महिना नै चल्ने बनाउन आफुले हरपल लागि परिरहेको र सुकौरा खोलामा अब तल्काल पक्कि पुल बन्न लागेको पनि बताउनु भयो । २०७४ सालमानै यो वडालाई कृषि पकेट क्षेत्रको घोषणा गरेता पनि घोषणा अनुसारको काम नभएकाले यस वडा हावा पानीको हिसावले पालिकाकै छुट्टै पहिचान बोकेको वडालाई कृषि विषेश आर्थिक क्षेत्र घोषणा गर्नको निम्ति तिनै तहको सरकारले ध्यान दिनुपर्नेमा बताउनु भयो । साथै पशुपालन मात्र नभई कृषि ब्यबसयमा टमाटर खेतीमा अग्र स्थानमा रहेको यस वडा अन्य तरकारी बालि र अलैचि खेतिमा पनि सम्भाबना प्रवल रहेको बताए ।