अध्यक्ष लामाद्धारा किसानहरुको तरकारी बालीको अवलोकनका साथै अन्तरक्रिया

हेटौंडा टुडे
२ भाद्र २०८०, शनिबार २३:१७

हेटौडा ।  मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर -८ बुढीचौरमा सुक्रबार किसानहरुको तरकारी बालीको अवलोकनका साथै कृषकहरुसँग अन्तरक्रिया गरिएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान , वडा नम्बर ८ का वडा अध्यक्ष् कुमार घिसिङ्ग , वडा सदस्य गोकुल देवकोटा ,कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरी , स्वास्थ्य साखा प्रमुख धुर्ब लामिछाने , एस आई एस अपरेटर मनोज देबकोटा स्थानीय कृषक सहितको टोलीले किसानहरुको तरकारी बालीको अवलोकन गर्नुका साथै वडा नम्बर ८ का कृषकहरुसँग अन्तरक्रिया गरिएको छ ।

एकता स्वाबलम्बन कृषि सहकारी संस्थाकाको भवनामा भएको अन्तरक्रिया कार्यक्रमा कार्यक्रममा वडा न ८ का वडाध्यक्ष कुमार सिंह घिसिङ, वडा सदस्यद्वय गोकुल देबकोटा, गमला विक स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सहकारी संस्थाका पदाधिकारीहरु र ५० जना कृषकहरुको सहभागिता  रहेको थियो । कार्यक्रमा उपस्थित कृषकहरुले आफुले भोगेका बिभिन्न समस्या हरू राख्नु भएको थियो । समयमा गुणस्तरीय कृषि सामाग्रीहरू नपाउनु,अहिले टमाटर खेतीमा देखिएको प्रकोप, अन्य तरकारीमा देखिएको रोगकिराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या, बजारीकरणा लगायतका समस्याहरुको अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।

कार्यक्रमा बोल्दै गाउपलिका अध्यक्ष लामाले अहिले गरिरहेको कामको कृषकहरुको कृषि कर्मलाई उच्च कदर गर्दै गाउँपालिका यस वडा लाई विषेश प्राथमिकतामा राखेको बताउदै यस वर्ष बुढीचौरको तरकारी उत्पादनलाई मध्य नजर गर्दै ईक्चुङ हुदै र सुकौरा हुदै हेटौडा सम्म दैनिक रुपमा सवारी साधन आवत जावत गर्न सक्ने वातावरण मिलाइ रहेको बताउनु भयो । अगामी दिनमा संघीय सरकार र प्रदेश सरकार सँग समन्वय गरि थप कृषिको क्षेत्रमा लगानी भित्र्याउने पनि अध्यक्ष लामाले बताउनु भयो

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सहकारी सस्थाका अध्यक्ष बालानन्द तिमल्सिनाको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । मकवानपुरगढी ८ बुढिचौरमा मुख्य रुपमा प्लाष्टिक टनेल भित्र बेमौसमी गोलभेडा खेतीका साथै काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ, ईस्कुस लगायतका तरकारीहरु उत्पादन गर्दै आईरहेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*