बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

हेटौंडा टुडे
३ भाद्र २०८०, आईतवार १६:३२

हेटौंडा । बागमती प्रदेशमा ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६ र धादिङमा तीन हजार पाँच सय १० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ ।

यस्तै सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेपलाञ्चोकमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७, तथा रसुवामा एक हजार एक सय ८८ पशुचौपायामा लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत एक वर्षमा लम्पी स्कीबाट छ हजार दुई सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने एक लाख १० हजार चार सय ४० गाई गोरु तथा बाच्छाबाच्छी संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*