चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चौथो स्थाननै बालजागृती बोडिङ्ग स्कुललाई

हेटौंडा टुडे
६ भाद्र २०८०, बुधबार २१:०२

हेटौंडा हेटौंडा उपमहानगरपालिका वडा नं। २ द्वारा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चौथो स्थान हेटौडा २ मा अबस्थित रहेको बाल जागृती इङ्लिस सेकेण्डरी बोडिङ्ग स्कुलले हात परेको छ । हेटौडा उपमहानगरपालिका पालिका वडा नम्बर २ मा अबस्थित रहेको जम्मा १६ वटा बाल समुहका २८ जना सहभागीहरू बिच भएको बाल अधिकार सम्बन्धि चित्रकला प्रतियोगीतामा बाल जागृती बोडिङ्ग स्कुलले चार वटा नै पुरस्कार हात परेको वडा नम्बर २ का वडा अध्यक्ष् महर्जनले बताए ।

चित्रकलामा बाल जागृती इंगलिस सेकेण्डरी बोडिङ्ग स्कुलका विधार्थीहरू प्रथम स्वस्ती शाक्य, द्वितीय आयाम पाठक , तृतीय सुयोग हमाल र चौथो स्थान श्रेया ढकालले हात परेका चित्रकलाका प्रशिक्षक श्री सन्जिव थिङले जानकारी दिनु भयो ।

हेटौडा उपमहानगरपालिका भित्र यहि भाद्र ९ गते हुन् लागेको दोश्रो नगरस्तरीय प्रतियोगिताको निम्ति वडा नम्बर २ मध्येबाट आफ्नो विद्यालयकि प्रथम छात्रा स्वस्ती शाक्य लाई छनोट गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुबेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*