प्रहरी निरीक्षक माथि बञ्चरो प्रहार

हेटौंडा टुडे
८ भाद्र २०८०, शुक्रबार ११:०८

हेटौडा। झापामा ड्यूटीमा रहेका एक प्रहरी निरीक्षक माथी बिहिबार साँझ बञ्चरो प्रहार भएको छ ।इलाका प्रहरी कार्यालय, झिलझिले झापाका इन्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवामाथि बिहीबार साँझ ७ बजे युवाको समूहले बञ्चरो प्रहार गरेको हो । नियमित चेकिङ्गका क्रममा रहेका प्रहरी निरीक्षक माथि मोटरसाइकलमा आएका ३ जनाको समूहले बञ्चरो प्रहार गरेको थिए।

झापा प्रहरीका अनुसार तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जनाएको छ ।घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको र बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचार भइरहेको जनाईएको छ। प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*