
हेटौडा । नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।भारतसँगको हारले नेपाल अंक विहीन हुँदै बाहिरिएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० दशमलव १ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।
नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २ दशमलव १ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।


सेयर गर्नुहोस्