हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला आज हेटौंडा आउँदै छन् । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय नेता वीपी कोइरालाको ११० औं जन्मजयन्तीको सन्दर्भमा हेटौंडामा हुने कार्यक्रममा सहभागी हुन कोइराला हेटौंडा आउँन लागेका हुन् । वरिष्ठ नेता कोइरालाले आज नेपाली कांग्रेस मकवानपुर र वीपी विचार समाज मकवानपुरले संयुक्त रुपमा हेटौंडा ११ स्थित वीपी बाटिकामा निर्माण गरेको वीपीको अर्धकदको प्रतिमा अनावरण गर्न गर्ने कार्यक्रम रहेको मकवानपुरका पार्टी सभापति बुद्ध लामाले जानकारी दिए ।
सभापति लामाका अनुसार नेता कोइरालले राष्ट्रिय राजनीतिको विषयमा नेपाली कांग्रेसको धारणा र पार्टीले पछिल्लो समय लिएको नीतिको विषयमा निर्देशन दिने कार्यक्रम पनि रहेको छ ।
यस्तै वीपी विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदीप कोइरालले आजै वीपीको विचारको सान्दर्भिकताको विषयमा प्रवचन कार्यक्रमको समेत अयोजना हुने जानकारी दिए ।