हेटौडा । हेटौडामा आज बाट शाहाकारी उपभोक्ताको ध्यानलाई मध्यनजर गर्दै वृन्दावन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । हेटौंडा– १० मेनरोडमा अवस्थीत रहेको यो रेष्टुरेन्ट करिब ८० लाख लगानी आज बाट संचालनमा आएको हो । आज सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि विश्व हिन्दु महासंघ मकवानपुर जिल्ला अध्यक्ष उत्तम शर्मा ढकाल र कृष्ण प्रणामी मन्दिरका हेटौडाका पुजारी कृष्ण प्रसाद तिमल्सिनाको हातबाट रिवन काटी रेष्टुरेन्ट पूर्ण रुपमा संचालमा ल्याएको रेष्टुरेन्टका सन्चालक सागर उप्रेतीले बताए ।
हेटौडा आसपासमा रहेका र हेटौंडा भएर अन्य जिल्ला ओहोर दोहोर गर्न साहाकारी उपभोक्तालाई मध्यनजर गरि आफुले यस वृन्दावन रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको संचालक उप्रतीको भनाई छ । साथै यहा कलर बिना नै मिठाई, बेकरी आईटम उत्पादन र विक्रि बित्तरण गरिने छ । हेटौंडामा नै पहिलो पटक सात्विक खाना अर्थात् लसुन, प्याज,बेसार रहित छुट्टा छुट्टै भाडामा पकाएर विक्रि गरिने पनि उप्रेतीले जानकारी दिए ।
साथै आफुले यो बाहेक पनि विवाहको लागि ईभेन्ट म्यानेजम्यान्टको पनि काम गर्ने र आवश्यक परे आफुलाई सम्झने बताए र बिवाह र अन्य सुभ कार्यको लागी आवश्यक पर्ने मिठाइ तथा खाना समेत अर्डर अनुसारको तयार गरिने र होम डेलिभरी समेत गरिने उनको भनाई छ । साथै हेटौंडा आसपासका क्षेत्रमा निःशुल्क होम डेलिभरी गरिने र अर्डन गर्न शुल्क नलाग्ने टोल फ्री नम्बरको समेत व्यवस्था गरिएको सञ्चालक उप्रेतीले बताए । यस रेष्टुरेन्टमा करिब ८० जना सम्मको क्षमता रहेको र सानो तिनो जन्मदिनको पार्टि सेमिनार मिटिङ्ग लगाएतका कार्यक्रम गर्न मिल्ने
संचालकले बताए ।