हेटौडा । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिँदै अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङ हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो ।
सेयर गर्नुहोस्