हेटौंडामा आफ्नै बाबुआमा र भाइमाथि चिरपट प्रहार, ३ जना घाइते

हेटौंडा टुडे
१२ आश्विन २०८०, शुक्रबार १४:५८

हेटौंडा । हेटौंडामा एक जनाले आफ्नै बाबुआमा र भाइमाथि चिरपट प्रहार गरेर घाइते बनाएका छन् ।बुधबार दिउँसो हेटौंडा-३ भुलन टोल बस्ने ५० वर्षीय बद्रीनाथ मैनालीले घरायसी विवादमा आफ्नै बाबुआमा र भाइमाथि चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार बद्रीनाथको चिरपट प्रहारबाट उनका बाबु ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीय माया मैनाली र भाइ ४० वर्षीय केदार मैनाली घाइते भएका छन् ।

घाइते तीनै जनाको उद्धार गरी हेटौंडा अस्पताल उपचारको लागि पठाइएकोमा मायालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको डिएसपी भण्डारीले बताए ।चिरपट प्रहार गर्ने बद्रीनाथलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image