मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्याङतानद्धारा विद्यालयको अनुगमनमा तिब्रता

हेटौंडा टुडे
१२ आश्विन २०८०, शुक्रबार २१:५५

हेटौडा । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले गाँउपालिका भित्र रहेको सबै बिद्यालयको अनुगमन गर्नु भएको छ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरु सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरू निरन्तर आन्दोलन गरि रहदा यसको प्रभाब आफ्नो पालिका भरका विद्यालयमा कस्तो  परेको छ भनि गत आईतबार बाट आफुहरु बिद्यालयको अनुगमन निस्केको पालिका अध्यक्ष स्याङतानले बताउनु भयो ।

साथै शिक्षामा देखिने गरी परिवर्तन ल्याउने उद्देश्यका साथै सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तरलाई प्रभाबकारी बनाउन आफुहरू पालिकाभरका सबै सामुदायिक विद्यालयको अनुगमन गरिएको अध्यक्ष् स्याङतानको भनाई छ । साथै यो समयमा विद्यालय अनुगमन गाउँपालिका अध्यक्षद्धारा यसरी बेला बेला हुनु निकै सकारात्मक पक्ष भएको र आफुहरुलाई समेत विद्यालयको समस्या दर्शाउन सजिलो हुने अभिभावकहरुको भनाइ छ ।

गत आईतबार गाउँपालिकाको वडा नम्बर ८ बुढिचौरको रुपनारायण माध्यमिक माध्यामिक विद्यालय बाट सुरु गरिएको विद्यालय अनुगमन आज सुक्रबार वडा नम्बर ५ मा अबस्थित रहेको अमरसिह प्रा .वि को अनुगमन गरि सम्पन्न गरिएको थियो ।

विद्यालय अनुगमनका क्रममा राहत शिक्षकहरूको आन्दोलनको क्रममा बिद्यालयमा पठन पाठन नियमित संचालन भएको , आन्दोलनमा शिक्षकहरू पालै पालो गएको , राहत सिक्षकहरूको आन्दोलनले गर्दा शैक्षिक् सस्थाहरुमा पठन पाठनमा कुनै समस्या नभएको श्रोत शिक्षक दासरती उपाध्याय भण्डारीले बताए ।

साथ साथै विद्यालय भौतिक संरचना जीर्ण र जोखिमको अवस्था, शौचालयहरु र कक्षा कोठामा सरसफाईको अभाव ,शिक्षकहरुले समयको ख्याल नगरेको ,बिभिन्न विद्यालयमा कर्मचारी र शिक्षक अभाब ,  कुनै विद्यालयमा  बाल मैत्री नभएको लगायतका समस्याहरु फेला परेका भण्डारीले बताए ।

पालिका भरमा १० वटा मावि , ७ वटा निमावी र २० वटा प्राविको गरि ३७ वटा विद्यालयकोप अनुगमन गरिएको हो । अनुगमनमा पालिका अध्यक्ष दोर्जे लामा स्याङतान,  शिक्षा प्रमुख राम घलान, श्रोत शिक्षक दासरती उपाध्याय भण्डारी लगाएर्को उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*