हेटौंडा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आज हेटौंडामा आधा दर्जन कार्यक्रमहरु तय भएका छन् । आइतबार बेलुका हेटौंडा आउनुभएका श्रेष्ठ आज बिहानै देखि भेटघाट र औपचारिक कार्यक्रमहरु सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेकपा माओबादी केन्द्र मकवानपुरको कार्यक्रम, प्रेस सेन्टरको पत्रकार सम्मेलन, मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रम, हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ ।
सेयर गर्नुहोस्