मकवानपुरमा कारको ठक्करबाट एक बालिका घाइते

हेटौंडा टुडे
४ मंसिर २०८०, सोमबार १६:२३

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं-७ बिजौनामा कारको ठक्करबाट एक बालिका घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पुर्ण सिंह वाईवाको ६ बर्षीया छोरी सिवांगी वाईवा रहेका छन् ।पुर्बपश्चिम राजमार्गमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा १५ च ८५०८ नं। को कारले वाईवालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा टाउको लगायत शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई तत्काल उद्धार गरी मनहरी अस्पतालमा लगिएकोमा थप उपचारको लागि भतपुरतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको ।बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image