त्रिभुवन विमानस्थलबाट लागुऔषध कोकिनसहित भारतीय महिला पक्राउ

हेटौंडा टुडे
४ मंसिर २०८०, सोमबार १६:४७

हेटौडा । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो लागुऔषध कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।कतारबाट काठमाडौं आएकी भारतीय महिला ३२ वर्षीया किम्रो साङ्गी पक्राउ परेकी हुन् । उनी नेपालबाट भुटान जान लागेको बेला लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो । उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।‍

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image