हेटौंडा । मकवानपुरमा अज्ञात समुहद्वारा नगद १८ लाख लुटेर फरार भएका छन् । जिल्ला थाहा नगरपालिका वडा नं-१ कुन्छालबाट धादिङ निलकण्ठ नगरपालिका वडा नं।३ बस्ने ३३ बर्षीय सन्तोष श्रेष्ठको नगद १८ लाख लुटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार श्रेष्ठले अपरिचित व्यक्तिसंग मोवाइलमा धादिङ नौबिसेस्थित १२ रोपनी जग्गा सुपथ मुल्यमा किन्ने कुरा गरी नगद १८ लाख लिएर आएका थिए । ती अपरिचित व्यक्तिसहित पाँच जनाको समुहले उक्त रकम लुटपाट गरेको भनी प्रहरी समक्ष जानकारी गराएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आफु जग्गाको काम गर्ने अपरिचित ब्यक्तिले ९८६९७६८१२७ मोवाइल नम्बरबाट फोन गरेको श्रेष्ठले प्रहरीलाई बयान दिएका छन् । उनका अनुसार ती ब्यक्ति मंगोलियन अनुहार भएको अन्दाजी ३५र४० बर्षको रहेका छन् ।
घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको बताईएको छ ।