हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं।१५ चेक प्वाईन्टबाट चाँदी सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका–३ बस्ने ३२ बर्षीय राम भट्ट, भारत महाराष्ट खवासपुर बस्ने २४ बर्षीय बिजय मारुती र भरतपुर महानगरपालिका–२९ बस्ने २७ बर्षीय मिन बहादुर गुरुङ रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पत्थलैयाबाट हेटौंडा आउदै गरेको बा १२ च ७१४० नम्बरको कारलाई चेकजाँच गर्दा ५ किलोग्राम वुँनिया चाँदी फेला परेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त चाँदीसहित तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्