मनहरी गाउँपालिकाले गर्भवती महिला लक्षित जाँच एवं एम्बुलेन्स सेवा सूरु

हेटौंडा टुडे
२१ मंसिर २०८०, बिहीबार १३:३६

हेटौडा । मनहरी गाउँपालिकाले गर्भवती महिला लक्षित कार्यक्रमको सुरुवात गरेको छ । बुधबार मात्रै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स रे मेशीन हस्तान्तरण गरी वडाका स्वास्थ्य संस्थामार्फत सहज सेवा दिन निर्देशन दिनुभयो । ग्रामिण भिडियो एक्स रे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकिबाट निशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।

यसअघि दुर्गम गाउँका मानिसहरु सदरमुकाम सम्म पुगी सेवा लिन बाध्य थिए । गर्भवती जस्तो कष्टकर अवस्थामा दुरदराजका विपन्न महिलाहरुले ठुलो रकम खर्च गरी सदरमुकामसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यस्ता कार्यक्रमले गरीव महिलाहरुलाई ठुलो टेवा पुगेको स्थानीयहरु बताउँछन् ।

साथै गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत सुत्ेकरी सेवाका लागि निशुल्क एमबुलेन्स सेवाको पनि व्यवस्था गरेको छ । राज्यले पुर्ण संस्थागत सुत्केरीका लागि नियमीत जाँच गरेवापत भत्ता स्वरुप २ हजार ८ सय रुपैयाँ दिँदै आएको छ । यसमा थप सहयोगका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । यस्तै गर्भवती महिलाहरुको पिसाब तथा रगत जाँच सेवा पनि गाउँपालिकाले निशुल्क गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*