प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

हेटौंडा टुडे
२५ मंसिर २०८०, सोमबार ११:१३

हेटौडा । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको पदबाट मंसिर २० गते नै राजीनामा दिएको गजुरेलले जानकारी दिएका हुन् ।
आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त भइनसकेको गजुरेलले बताए । प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको गजुरेलले बताए । सिन्धुलीका स्थायी बासिन्दा गजुरेल पूर्वमन्त्री पनि हुन् ।
प्रधानमन्त्री दाहालले गत माघ ९ मा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*