छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा २ जना शिक्षक पक्राउ

हेटौंडा टुडे
२६ मंसिर २०८०, मंगलवार ११:०५

हेटौडा । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकस्थित एक विद्यालयका दुईजना शिक्षक पक्राउ परेका छन् ।इन्द्रावती गाउँपालिका–६ मा रहेको कमलादेवी माध्यमिक विद्यायलका दुईजना छात्राले दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सोही विद्यालयका दुईजना शिक्षक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन् ।

उनीहरूविरूद्व जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image