हेटौडामा सार्वजनिक सम्पती तोडफोड गर्ने तिनजना पक्राउ

हेटौंडा टुडे
२७ मंसिर २०८०, बुधबार १४:११

 
हेटौडा । हेटौडा-७, नागश्वतीमा सडक पेटी छेउको बोटबिरुवा तथा सिमेन्टको कुर्सीहरु तोडफोड गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती उनिहरुले सडकपेटीमा लगाईएका बोटबिरुवा तथा सिमेन्टका कुर्सीहरु तोडफोड गरी सार्वजनिक सम्पती नष्ट गरेका थिए । हेटौडा उपमहानगरपालिकाले वडाहरुको सुन्दरर्ता झल्काउन र स्वच्छ वताबरण बनाउन भनि लगाईएका तारजाली सहितको संरक्षित सामग्रीहरुलाई तोडफोड गरी सामाजीक सदभाब खलल गरेको आरोपमा पक्राउ पर्नेमा हेटौडा ७ बस्ने दिवश चौलागाई,हेटौडा १८ रामधुनि बस्ने बिनय थिङ्ग र अनिल स्याक्तान रहेका छन् । उनिहरुलाई अस्थायी प्रहरी पोष्ट हरियाली र पशुपति नगर चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेका थिए ।

उनिहरुलाई हेटौडा ७ का वडा अध्यक्ष सहितको जनप्रतिनिधि तथा स्थानियहरुको सहयोगमा प्रहरीले पक्राउ गर्न सफल भएको थियो । गएराती तिन जनाको समुहले हेटौडा ७ वडा कार्यलय नजिक रहेको मुख्यराजमार्गको छेउछाउमा लगाईएका कयौ बोटबिरुवा,सिमेन्टको कुर्सी तोडफोड,ताराजालीहरु तोडफोड,सिमेन्६को रिगहरु तोडफोड गरेका थिए । उनिहरुलाई सार्वजनिक सम्पती नष्ट गरेको आरोपमा मुद्धा चलाउनुपर्नेमा स्थानियले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*