हेटौंडा । आज मंगलबार हुने नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । नेपाली कांग्रेस मवकानपुरका सभापति बुद्ध लामाले सम्मेलनको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै सम्मेलनमा दुईहजार प्रतिनिधि उपस्थिति हुने जानकारी दिए ।
सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता एव् अर्थ मन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहने छ । यस्तै सम्मेलनमा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेशका मन्त्रीहरु लगाएत छिमेकी जिल्लाका पार्टी सभापतिहरुको समेत उपस्थिति रहने मकवानपुर सभापति लामाले जानकारी दिए ।सम्मेलनमा मकवानपुर जिल्लाको दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश, १० वटा पालिका, १०२ वटा वडाबाट गरी करिब २ हजार प्रतिनिधि उपस्थिती रहने सभापति लामाको भनाई छ । सम्मेलनमा जिल्लाको संगठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रीत रहेर छलफल तथा बहस हुने सभापति लामाले बताए ।सम्मेलनले जिल्लमा पार्टी संगठन बिस्तारका लागी आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने उहाँको भनाई छ । सभापति लामाका अनुसार सम्मेलनमा भएका छलफलका विषयलाई समेटेर राजनीतिक प्रतिवेदन समेत तयार पारिनेछ ।
सम्मेलन आयोजनाका लागी सभापति लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिहरु गठन गरीएको छ ।