हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । हिजो शनिवार भएको साधारण भेलाबाट अध्यक्षमा गोविन्द प्रसाद तिमल्सिना, उपाध्यक्षमा केशव प्रसाद रेग्मी, सचीवमा केदार पुडासैनी र कोषाध्यक्षमा संगिता बर्तौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुन प्रसाद सापकोटा, बोजराज बजगाई, मोहननाथ ढकाल, शुसिला सापकोटा र सरला पुडासैनी चयन भएका छन ।
संस्थाका अध्यक्ष नवराज संजेलको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मकवानपुरगढी गाउपलिका भर कार्यक्षेत्र रहेको यस संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ४४ लाख एकासी हजारको कारोबार गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मकवानपुरगढी गाउपलिका वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले यस कृषि सहकारीलाई कृषि र उत्पादनसँग जोड्नुपर्ने बताउनु भयो । साथै अहिले किसानहरुले बन्यजन्तूबाट किसानको बालीनालीलाई नोक्सान गर्न भएकाले यस तर्फ ध्यान दिन पनि सहकारी सस्थालाई अपिल गर्नु भयो साथै किसानको हक र हितको निम्ति स्थानीय सरकारको हिसाबले आफु सधै सहयोग तयार रहेको पनि बताउनु भयो ।
साधारण सभामा वडा सदस्य बिदुर हुमागाई , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल , युथभिजन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिक्पाल तिमल्सिना, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष उमेश अधिकारी , संस्थाका संस्थापक अध्यक्ष अनिरुद्र दाहाल , विभिन्न टोलविकास संस्थाका अध्यक्ष , पत्रकार लगायतकाको उपस्थिति रहेकोे थियो ।