सिर्जनशील समाज गढी – ४ को १७ औं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा टुडे
९ पुष २०८०, सोमबार २३:४६

हेटौडा । सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरगढी ४ को १७ औं वार्षिक साधारणसभा सोमबार आज सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमूख आतिथ्यता एवं सहकारी सस्थाका अध्यक्ष् कृष्ण बहादुर बिडारीको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विधामा संस्थालाई योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

संस्थाले आर्थिक वर्ष २०७९र०८० को प्रगति प्रतिवेदन पुष्टि गर्दै २०८०र०८१ का लागि नयाँ नीति तथा कार्यक्रमहरु समेत प्रस्ताव गरी पारित गरेको छ । कार्यक्रमा बोल्दै प्रमूख अतिथि बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले सहकारी सस्थाको आफनै जग्गा र भवन भएको र सहकारीको गरेको कामलाई सदस्यहरुले नाजिबाट नियाल्दै सहकारीको आगामी दिनमा अझ राम्रो ढंगले आगाडी बढाउन सबैको उत्तिकै साथ र सहयोग हुनु पर्नेमा जोड दिनु भयो । त्यसैगरी सभामा विशिष्ठ अतिथि मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले सहकारीको आगामी दिनमा अझ प्रगति र सफलताको शुभकामना ब्यक्त गर्दै गाउँपालिकाले निर्देशन गरे बमोजिम सहकारी संस्थाहरु सञ्चालन हुनु जरुरी रहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रमा बोल्दै उनले ‘हामी गाउँपालिका भित्र रहेका सहकारीहरुलाई उत्पादन गर्न आवश्यक सहयोग गर्छौ र बजारीकरणका लागि पनि सहकारीकै भूमिकाको अपेक्षा गरिरहेका छौं । गाउँपालिकाभित्रका सहकारीहरुले यहाँ उत्पादित वस्तुहरुको बजार नजिकको नगर क्षेत्रमा सञ्चालन गर्ने हो भने यसका लागि आवश्यक न्युनतम बजेट व्यवस्थापनको समेत गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यसैगरी कार्यक्रममा मकवानपुर गढी गाउपालिका वडा नम्बर ३ का अध्यक्ष् भागवत घिमिरे , मकवानपुरगढी वडा नं। ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य शङ्कर कालाखेती, मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष् अर्जुन प्रसाद दाहाल संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष राजकुमार चौंलागाई , रानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष् बिष्णु प्रसाद न्यौपाने , टावर डाडा खानेपानीका अध्यक्ष् सत्रुधन दुलाल लगायतकाकाको अथितिहरुको उपस्तिथी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*