हेटौंडा । मनहरी गाउँपालिकाले भिमफेदी कारागारलाई राइस स्टिमरू उपहार दिएको छ । सोमबार गाउँपालिकाले कारागारमै पुगेर उक्त राइस स्टिमरू हस्तान्तरण गरेको हो । गाउँपालिकाले रु ३ लाख बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो ।
गत असोज ५ गते गाउँपालिकाको कार्यपालिका बैठकले उक्त कारागारमा रहेका कैदी(बन्दिहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मनहरी गाउँपालिकामा स्थायीरअस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी(बन्दिहरु लागू औषध ओसारपसारका कारण कारागार चलान भएका छन् । गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्व स्थानिय सरकारको पनि भएकाले सहयोग गरिएको अध्यक्ष रन्जन कालाखेतीले बताए ।
हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिनुभयो । उनले भने ( ूहिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुलि खपतमा पनि सहयोग पुग्नेछू । यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको छ । २ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने छ ।
हाल कारागारमा १ हजार ६९ जना कैदी(बन्दिहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त कारागारमा अन्य स्थानिय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामाले जानकारी दिए ।