राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकको भीड

हेटौंडा टुडे
१५ पुष २०८०, आईतवार २२:३०

हेटौंडा । हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय कलाकारको प्रश्तुतीमा दर्शकको भीड लागेको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रश्तुती भैरहेको छ । अन्य दिनको तुलनामा ल्होछारको दिन आइतबार महोत्सवमा सर्वसाधारणको भीड लागेको थियो । महोत्सवमै भैरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दर्शकको घुइँचो थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा महिला भलिबल भैरहेको हो । आइतबार चर्चित गायिका राधिका हमालले झ्याझलो झोर्ले है, ढल्क्यो जवानी, क्याम्पस पढ्न आउनी लगायतका चर्चित लोकगीत प्रश्तुत गरेको थिइन् । उनको प्रश्तुतीमा सहभागीहरु धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । युवामाझ चर्चित गायक कमल खत्रीले पनि आफ्ना लोकप्रिय गीतहरु गाएक थिए । उनले आत्मामा, सधैंभरी यसैगरी, जाउला रेलैमा, म गीत हुँ लगायतका गीत प्रश्तुत गर्दै युवाहरुको मन जितेका थिए । सोमबार अर्का चर्चित गायक उर्गेन दोङले आफ्ना चर्चित गीतहरु प्रश्तुत गरेका थिए । उनीहरुसंगै एन्जिला रेग्मीर द शिल ब्यान्डको प्रश्तुती रहेको थियो । बिदाको दिन भएकोले अन्य दिनको तुलनामा राष्ट्रिय कलाकारको प्रश्तुतीको समयमा दर्शकको घुइँचो लागेको महोत्सव आयोजक समितिका संयोजक भेष खड्कीले जानकारी दिए । महोत्सवमा सोमबार गायिका प्रीति आले, छेवाङ लामा, रमेश श्रेष्ठ मेलोडी, आयुष अधिकारी र देव राना र उनको ब्यान्डको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ । मकवानपुरको खेल क्षेत्रको विकासको उदेश्यसहित जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा महोत्सवको आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*