बकैयामा फास्ट ट्रयाकका चिनीया नागरिकद्धारा स्थानीय युवतीमाथी कुटपिट

हेटौंडा टुडे
३ माघ २०८०, बुधबार ११:०९

हेटौंडा। मकवानपुरको बकैयामा फास्ट ट्रयाकमा काम गर्ने एक जना चिनीया नागरिकले स्थानीय एक किशोरीलाई कुटपिट गरेका छन्। यो घटना मंगलबार दिउँसोको हो। काठमाडौं–तराई–मधेस द्रुतमार्ग फास्ट ट्रयाक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर- १२ घट्टेपाखास्थित चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी १ बस्ने १८ बर्षीया फुलमाया लुङ्बालाई फास्ट ट्रयाक निर्माणमा कार्यरत चिनीया नागरिक ५१ बर्षीय थान काई युनले कुटपिट गरेको जनाइएको छ।

चिनीया नागरिकको कुटाइबाट फुलमाया सामान्य घाइते भएको तर फुलमायाको आफ्नतले चिनीया नागरिक युनलाई कुटपिट गरेको र उनको प्रहरी निगरानीमा हेटौंडा(१ मा रहेको अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*