हेटौंडामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने

हेटौंडा टुडे
१० माघ २०८०, बुधबार १०:५२

हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम –२०८० हुने भएको छ ।  हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा यही माघ १२ गते उक्त कार्यक्रम हुने भएको हो ।शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले मंगलबार पत्रकार सम्मेलन मार्फत सो बारे जानकारी गराएका हुन् ।

समितिका अध्यक्ष दाहालका अनुसार, कार्यक्रम रोयल पार्टी प्यालेसमा हुने भएको हो । कार्यक्रममा ४ नम्बर वडा भित्रका प्रत्येक विद्यालयबाट बढिमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसंग सम्बन्धित सामाग्रीको स्टल राखी प्रस्तुती गरिने, वडा भित्रका सबै विद्यालयले मौलिक नेपाली गीत तथा विभिन्न जातजाति नाच र भेषभुषा झल्काउने गरी प्रतियोगिता सामुहिक नृत्य र एकल गायन प्रस्तुती समेत हुनेछ ।

त्यसैगरी, प्रत्येक विधामा उत्कृष्ट प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीको समुह र उक्त विधासंग सम्बन्धित विषय शिक्षकलाइ पुरस्कृत गरिनुको साथै वडाभित्र सबै विद्यालयका कक्षा ६ देखिमाथिका विद्यार्थीहरु तथा अभिभावकहरुलाइ विद्यालयले गरेको प्रदर्शनी देखाइने छ ।

बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा प्रथम द्वितीय र तृतीयलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image