जफत गरिएको गुट्खाजन्य पदार्थ मनहरीले गर्यो नष्ट

हेटौंडा टुडे
१७ माघ २०८०, बुधबार २२:०५

हेटौ‌डा । मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।८१ मा गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नियन्त्रणका लागि नगर प्रहरी नियुक्त गरी अनुगमनमा तिव्रता दियो । पहिलो चरणमा व्यापारीलाई सम्झाउने र बुझाउने गरेको गाउँपालिकाले हाल गुट्खाजन्य पदार्थ जफत गरी नष्ट गर्न थालेको छ । बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , प्रहरी प्रशासन , सञ्चारकर्मी लगायतको उपस्थितिमा गाउँपालिकाले जफत गरेको गुट्खाजन्य पदार्थ नष्ट गरेको छ ।

मनहरी ३ लामिटार स्थित राप्ती खोला किनारमा उक्त पदार्थ नष्ट गरिएको हो । गुट्खाजन्य पदार्थ अन्तरगत ४ सय ३६ थान भोला, १ सय १० थान पुकार, १७ थान राजनिवास, १४ थान रजनिगन्धा, ३ सय ८७ थान बाबा सुपारी नष्ट गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*