हेटौंडामा भएको गोल्डकपमा कुटपिट

हेटौंडा टुडे
२३ माघ २०८०, मंगलवार १६:०४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ गौरिटारमा भएको खेलकुदमा पार्किङका बिषयमा कुटपिट भएको छ । शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप २०८० फुटबल खेल भई रहेकोमा उक्त खेल मैदानको प्रबेश गर्ने गेट नजिकै पार्किङको बिषयमा बिवाद हुँदा केही व्यक्तिको कुटपिटबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे बस्ने ४४ वर्षिय टिकाराम तामाङ घाइते भएका छन् ।

टिकारामलाई पार्किङ गराउने पहिचान नभएको ब्यक्तिहरुले कुटपिट गर्दा मध्यम घाईते भई उपपचारर्थ नयाँ मेडिकल कलेज चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा अनुसंधानको लागि पार्किङ स्थालमा खटीएका ३ जना मानिसहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*