हेटौंडा । हेटौडामा रहेको होटेल बासुकला तिन दशक देखि हेटौंडाबासीको मन जित्दै आएको छ । आज होटल बासुकला फास्टफुडले ३० औं वार्षिकोत्सव पनि मनाएको छ । हेटौँडा – ४, पारिजातपथमा रहेको होटल बासुकला २९ वर्ष पूरा गरि ३० औ बर्षमा प्रवेश गरेको छ र सोहि अवसरमा आज एक दिनका खाजा नास्ताको लागि १५ प्रतिशत छुटको समेत ब्यवस्था गरिएको होटेल संचालन बिकास बासुकलाले हेटौंडा टुडेलाई जानकारी दिनुभयो ।
होटलले विभिन्न खाजाका परिकारहरु आफ्ना ग्राहक बर्गमा उपलब्ध गराउदै आएको छ । विशेष गरी यो होटल बिगत २९ बर्ष देखि नेवारी खाजा घरको रुपमा हेटौंडामा चिर परिचित रहेको छ । साथै होटलमा भेज, चिकेन र बफ आईटमहरु जस्तै म: म चाउमिन, खाजा सेट, नेवारी मौलिक खाजा बारा , यामरी लगाएका स्वादिष्ट परिकारहरु सुपथ मुल्यमा पाईने होटलले जनाएको छ । २०५० सालबाट सुरु गरिएको यो होटलले ग्राहकलाई छुटको व्यवस्था सहित अफिस तथा घरको लागि फ्री होम डेलिभरिको ब्यबस्था रहेको होटलका संचालक बासुकलाले जानकारी दिनुभयो ।