हेटौंडा । तथा प्रजनन् स्वास्थ्य शिविर कार्यक्रम समावेस गरी सञ्चालन गरीएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकाको आयोजनामा सञ्चालीत उक्त शिविरलाई नेपाल परिवार नियोजन संघ मकवानपुरले प्राविधिक सहयोग गरेको छ । पहिलो दिन आइतबार मनहरी गाउँपालिका वडा नं १ मा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा १ सय ३१ जना महिलाहरुले सेवा लिएका थिए ।
सोमबार वडा नं ३ मा शिविर सञ्चालन भएको थियो । हाँडिखोला स्वास्थ्य चौकिमा आयोजीत उक्त शिविरमा १ सय ४७ जना महिलाहरुले सेवा लिएका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नो वडाका नागरीकहरुलाई स्वस्थ राख्ने सवालमा यस्ता कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहने जिकिर गर्नुभयो । आगामी दिनमा यस्ता शिविरका कार्यक्रमलाई नियमीत रुपमा सञ्चालन गर्न पहल गर्ने उहाँको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुले पहिलो प्राथमिकता दिएर अघि बढेको बताउनुभयो । विपन्न नागरीकलाई निशुल्क स्वास्थ्य विमा सँगै अति जटिल रोगीहरुलाई उपचारका लागि गाउँपालिकाले सहयोग गर्दै आएको उहाँको भनाई छ । आगामी दिनमा अशक्त र विपन्न नागरीकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।